भरतपुर अस्पतालकाे आकस्मिक कक्ष शिल

चितवन, २९ साउन । भरतपुर अस्पतालमा कार्यरत एक नर्समा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएपछि आकस्मिक कक्ष सिल गरिएकाे छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा आज (बिहीबार) गरिएको परीक्षणमा भरतपुरकी २५ वर्षीया नर्समा कोरोना संक्रमण पुष्टि भएको हो ।

अस्पतालको इमर्जेन्सी कक्षमा कार्यरत ती नर्समा संक्रमण देखिएको हो । अस्पतालमै कार्यरत नर्समा संक्रमण देखिएपछि अहिले इमर्जेन्सी कक्ष सिल गरिएकाे प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा.श्रीराम तिवारीले जानकारी दिए ।

शेयर गरौ

ताजा अपडेट