चितवन, २८ साउन। आज छापावाल सुनको दरभाउमा भारी गिरावट भएको छ । आज छापावाल सुन तोलाको ९५ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको दरभाउमा भन्दा ६ हजार २ सय रुपैयाँले कमी आएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुन तोलाको ९४ हजार ९ सय रूपैयाँ रहेको छ ।
आज चाँदीको मूल्य तोलामा २ सय ५५ रुपैयाँले घटेर १ हजार २ सय १० रुपैयाँमा कारोबार भइरहेको छ।
रसियाले कोरोना भाइरसको भ्याक्सिन सफलतापूर्वक परीक्षण गरेको र त्यसले विश्व बजारमै सकारात्मक सन्देश दिँदा सुनचाँदीको दरभाउमा गिरावट आएको व्यवसायी बताउँछन् ।


