चितवन समाचारडटकम, २४ साउन । भरतपुर काेभिड १९ प्रयाेगशालामा आज गरिएको परिक्षणमा चितवनका छ जनामा काेराेना पाेजेटिभ देखिएको छ । भरतपुर १, ४ ,१० र १५ का ५ पुरुष १ महिला रहेका छन् । नारायणगढ का ६ बर्षिय बालक समेत संक्रमित भएको पाईएकाे छ । ६ बर्षिय बालक भने यसअघि नारायणगढमा एकैघरमा काेराेना भेटिएका ३ जनाकै परिवारका रहेको जनाईएकाे छ । अन्य २ जना चितवन बाहिरकालाई संक्रमण देखिएको छ ।


