चितवन समाचार डटकम, १९ साउन । कानुन न्याय तथा मानवअधिकार समितिले एसिड आक्रमणमा संलग्नलाई दण्ड तथा सजाय बढाउन सरकारलाई निर्देशन दिएकाे छ । समितिकाे आज बसेकाे बैठकले यसका लागि एसिड अाक्रमण अपराध सम्वन्धि छुट्टै बिधेयक बनाई संसदकाे अागामी अधिवेशनमा पेश गर्न सरकारलाई अाग्रह गरिएको सभापति कृष्णभक्त पाेखरेलले जानकारी दिनुभयो । ” बिधमान प्रवन्धले ५ देखि ८ बर्षसम्म कैद सजाय भनेकाे छ, याे कम्ती भयाे १२ बर्ष सम्म कैद सजाय गर्नुपर्दछ भन्ने लाग्दछ । ” – सभापति पाेखरेलले भन्नुभयो । यसैगरी पिडितलाई हुने क्षतिपूर्ति रकमलाई ५० लाख रुपैयाँ सम्म पुर्याउनु समय सापेक्ष हुने सभापति पाेखरेलले उल्लेख गर्नुभयो । हाल ३ देखि ५ लाख रुपैयाँ सम्मकाे क्षतिपूर्तिकाे प्रवन्ध छ ।
समितिले सरकारलाई एसिड अाक्रमणवाट पिडितलाई सम्पूर्ण उपचार खर्च ब्यवस्था गर्न सरकारलाई भनेकाे छ । रासायनिक पदार्थको विक्रि तथा अाेसार पसार सम्वन्धमा कार्यविधि बनाउन पनि समितिले गृह मन्त्रालयलाई निर्देशन दिएको छ । एसिडजन्य अपराध नियन्त्रण सम्वन्धि कानुन र सर्वाेच्च अदालतकाे कार्यान्वयनका सम्वन्धमा उच्च सरकारी अधिकारीहरुलाई राखेर समितिले आज छलफल गरेको थियाे ।


