लायन्स क्लव अफ नारायणगढ चाैतारीद्वारा वृक्षारोपण

चितवन समाचार डटकम, १७ साउन । लायन्स क्लव अफ नारायणगढ चाैतारीको आयाेजनामा भिमाेदय नमुना मावि पदमपुरमा आज बृक्षाराेपण कार्यक्रम सम्पन्न भएको छ । क्लवका अध्यक्ष नवीन पुरीको अध्यक्षता एवम् क्लव एक्सटेन्सन पर्सन मेघराज बरालकाे प्रमुख अातिथ्यतामा कार्यक्रम सम्पन्न भएको हाे । कार्यक्रममा जोन चियर पर्सन देशवन्धु सिग्देल, विद्यालयका प्र.अ.डा.हरि प्रसाद कडेल बिशिस्ट अतिथि रहनुभएकाे थियाे । क्लवका सचिव महेश बरालले सञ्चालन गर्नुभएको कार्यक्रममा क्लवका अन्य सदस्यहरु, विद्यालयका शिक्षकहरु , जुनियर रेडक्रसका विद्यार्थीहरु लगायतको सहभागीता थियाे ।

शेयर गरौ

ताजा अपडेट