माडीका चेपाङ बालबालिकालाई पोशाक बितरण

चितवन, १६ साउन । वैदेशिक रोजगारको लागि हाल जापानमा रहनुभएका भरतपुर महानगरपालिका पालिका वडा नं ४ निवासी डम्मर थापाको सहयोगमा माडी नगरपालिका वडा नं ७ को परुइ खोला किनारमा बसोवास गरेका ५० जना जना चेपाङ बालबालिकाहरुलाई पोशाक बितरण गरिएको छ ।

पोशाक वितरण कार्यक्रममा बोल्दै भूमि सम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देबी ज्ञवालीका स्वकीय सचिव सोमबहादुर कंडेलले सुकुम्बासीहरुको समस्या समाधान गर्नको लागि आयोग लागिरहेको बताउँदै प्राकृतिक विपत्तिप्रति सचेत रहँदै धैर्य गरी बस्न आग्रह गर्नुभयो ।

कार्यक्रममा नेकपा चितवनका युवा नेता तथा लायन्स क्लब अफ माडी ग्रीनका अध्यक्ष श्रीप्रसाद दवाडी, पत्रकार नारायण सापकोटा लगायतको उपस्थिति रहेको थियो ।

सहयोगको पोशाक ग्रहण गर्दै कमल चेपाङले विपत्तिको बेलामा सहयोग गर्ने सहयोगीहरुप्रति चेपाङ परिवारको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो ।

शेयर गरौ

ताजा अपडेट