वे- ग्रुपद्वारा भरतपुरमा सरसफाइ

नारायण सापकोटा ,भरतपुर १२ साउन । वे- ग्रुप नेपालले हरेक सोमबार नियमित रुपमा आयोजना गर्दै आएको सरसफाई श्रृङ्खला अन्तर्गत आजको २०६ औँ श्रृङ्खला भरतपुर चौविसकोठीमा सरसफाई गरेको छ ।

चौविसकोठीको डिभाइचरमा झाडी बढेर फूलका विरुवाहरू नष्ट हुन लागेकोले २०६ औँ श्रृङ्खला चौविसकोठीमा आयोजना गरिएको वे-ग्रुप नेपालका सचिव जीवन खरेलले बताए ।
‘हप्तामा एकदिन, एकछिन: समाजको लागि’ भन्ने मूल नाराका साथ २०७३ साल जेठ २४ गते सोमबारका दिनदेखि शुरु गरिएको सरसफाई अभियान हरेक हप्ताको सोमबार बिहान ७ बजेदेखि ८ बजेसम्म आयोजना गरिदैं आएको छ ।
वे ग्रुपले सरसफाईका साथै वृक्षारोपण ,राहत वितरण, प्राकृतिक विपत्तिमा परेकाहरुको उद्धारलगायत विभिन्न जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

शेयर गरौ

ताजा अपडेट