अमेरिकाको फ्लोरिडा राज्यमा एकै दिन करिब १६ हजार जना कोरोनाका नयाँ संक्रमित फेला

काठमाडौं ,२९ असार ।
अमेरिकाको फ्लोरिडा राज्यमा एकै दिन करिब १६ हजार जना कोरोनाका नयाँ संक्रमित फेला परेका छन् ।

स्वास्थ्य विभागको तथ्यांकअनुसार एकै दिन एउटा राज्यमा मात्र यतिधेरै संक्रमित फेला परेको यो पहिलो पटक भएको जनाएको छ ।

जोन हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार परीक्षणको दायरा बढाएसँगै नयाँ संक्रमितको संख्या बढेको हो ।

देशका अधिकांश राज्यमा गत हप्ताको तुलनामा संक्रमणको दर पुनः बढेको सरकारी अधिकारीहरुले जनाएका छन् । एजेन्सी

शेयर गरौ

ताजा अपडेट