पार्टी बिबादबारे प्रचण्डकाे उद्घाेष : “हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने काम हुन्न”

चितवन समाचारडटकम ,
माडी , २७ असार । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिस्ट पार्टीको ऎतिहासिक एकतालाई ध्यान दिएर मात्र पार्टीको विवाद समाधान गरिने बताउनु भएको छ ।
नेपाल कम्युनिस्ट पार्टी माडी कमिटीले शनिबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने काम नहुने बताउनु भयो । उहाले भन्नू भयो जुन भावनाबाट पार्टी एकता भएको थियो त्यही अनुसार विवादको सामाधान हुन्छ । सुझबुझबाट काम गरिने भएकाले कुनै दुर्घटना हुन नदिने बताउनु भयो । जतिसुकै कठिन अवस्था भएपनि समाधान गरि छाड्ने दाबी गर्नु भयो ।
पार्टीको विधि र बिधान अनुसारनै हामी हिड्नु पर्छ लहडमा समर्थन र बिरोधमा नहिड्न कार्यकर्तालाई निर्देशन दिनु भायो ।
माथी केही समस्या भए हामी बसेर समाधान गर्छौ तपाइहरु विधि र बिधान बाहेक केही नगर्नुस उहाले भन्नू भयो । पार्टी एकताको पक्षमा उभिन कार्यकर्तालाई अनुरोध गर्नु भयो ।
माडीको विकासमा निकुञ्ज ऎन बाधक भएको भन्दै त्यसलाई सन्सोधनको तयारीमा रहेको जानकारी दिनु भयो । कार्यक्रममा प्रदेश सभा सदस्यहरु कृष्ण भुर्तेल, बिजय सुवेदी,रामलाल महताे, भरतपुर महानगर प्रमुख रेनु दाहाल, माडी नगरप्रमुख ठाकुर ढकाल लगायत उपस्थित हुनुहुन्थ्यो । बाढि प्रभावित क्षेत्रकाे निरिक्षण पछि स्थानीय अगुवाहरु संग प्रचण्डले भेटघाट गर्नुभएको थियाे ।

शेयर गरौ

ताजा अपडेट