चितवन, २७ असार ।
नेकपा निकट बिद्यार्थी संगठन अनेरास्ववियुका केन्द्रीय अध्यक्ष ऐन महरले बर्तमान सरकार परिवर्तन गरिए जनतालाई धाेका हुने बताउनुभएको छ ।
भरतपुरकाे सप्तगण्डकि बहुमुखी क्याम्पसमा आज संगठन समर्थित बिद्यार्थीहरु माझ बाेल्दै उहाँले जनताले पाँच बर्षकाे स्थायित्वकाे म्याण्डेड दिएको कुरा काेहि कसैले बिर्सन नहुने उल्लेख गर्नुभयाे ।
अध्यक्ष महरले नेकपाका सबै नेताहरु एकतावद्द भई मुलुक समृद्धिकाे अभियानमा जुट्नु नै आजकाे आवश्यक्ता रहेकाेमा जाेड दिनुभयो । राष्ट्रियताकाे अान्दाेलन, बिपत्तिकाे सामना र समृद्धिकाे अभियान हालका मुख्य कार्यभार रहेकाे महरकाे भनाइ छ । अाफ्नाे जन्मदिन समेत रहेकाले क्याम्पस परिसरमा महरले बृक्षाराेपण गर्नुभएको थियाे ।


