चितवन समाचार डटकम, २३ असार ।
बर्तमान सरकार अहिले परिवर्तन गर्न उपयुक्त नरहेकाे भन्ने संदेश प्रवाह गर्ने उदेश्यले भरतपुरकाे चाैविसकाेठिमा बुधवार प्रर्दशनकाे तयारी गरिएको छ ।
स्थिर सरकारकाे पक्षमा र एकताबद्ध पार्टीको पक्षमा नेतृत्वलाई युवा तथा बिद्यार्थीले खवरदारि गर्न माैन प्रदर्शन गर्न लागिएको कार्यक्रमका अगुवा अस्मिन घिमिरेले जानकारी दिनुभयाे । स्थायित्व र समृद्धिकाे जनताको सपना पूरा गर्न नेकपाका नेताहरु एकताबद्ध भई बर्तमान सरकारलाई निरन्तरता दिनु अावश्यक रहेकाले दवावमुलक प्रदर्शनकाे अायाेजना गरिएको घिमिरेले बताउनुभयाे ।
उहाँका अनुसार दिउसाे ३ देखि ४ बजे सम्म संदेशमुलक प्लेकार्ड सहित भरतपुरकाे चाैबिसकाेठिमा प्रदर्शन गरिनेछ । प्रदर्शनमा सहभागी हुन नेकपाका युवा, बिद्यार्थी र अाम समुदायमा अपिल गरिएको घिमिरेले जानकारी दिनुभयाे । नेकपा भित्र अान्तरिक मतभेद चलिरहेका बेला कार्यकर्ताहरुले अा-अाफ्ना समुहका पक्षपाेषणमा देशभर प्रदर्शन गरिरहेका छन् ।


