काठमाडौ , २२ असार । नेपाल वायुसेवा निगमका सात कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । उद्धार उडानमा खटिएका कर्मचारीमा कोरोना संक्रमण भएको हो ।
निगमका सात जना कर्मचारीमा कोरोना भएको पुष्टि निगमकी प्रवक्ता अर्चना खड्काले जानकारी दिएकी छिन् । यता संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सरकारले दिएको जिम्मेवारी पूरा गर्ने क्रममा निगमका कर्मचारीमा कोरोना भेटिएकोमा दुःख व्यक्त गरेका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन्, ‘संकटकालीन अवस्थामा उहाँहरुले गर्नु भएको कामको उच्च प्रशंसा गर्दछु । उहाँहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।’


