चितवन समाचार डट कम, २१ असार ।
चितवन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य कृष्णभक्त पाेखरेलले आफ्नाे निर्वाचन क्षेत्रमा भैरहेको बिकास निमार्ण कार्यहरूकाे स्थलगत अनुगमन तथा निरिक्षण गर्नुभएको छ ।
सांसद पाेखरेलले संघीय सरकारबाट प्राप्त बजेटबाट कालिका नगरपालिकाकाे विभिन्न सडकमा भैरहेकाे कामकाे निरिक्षण गर्नुभएको हाे ।
साे क्रममा कालिका-८ काे गैरीबारी उप्रदाङ्गगढि सडक , न्युरेनि देवीटार सडक र कालिका २ र ४ काे सिमाना सडककाे निरक्षण भएको नगर प्रमुख खुमनारायण श्रेष्ठले जानकारी दिनुभयाे ।
गैरिवारि उप्रदाङगढि सडकमा ट्रयाक खाेलेर तिनवटा साना पुल समेत बनिसकेको उहाँले बताउनुभयाे । सांसद पाेखेरलले ३ कराेडकाे लागतमा बन्दै गरेकाे याे सडकखण्डले पाहाडि जनजिवनलाई सहजता प्रदान गरि जीवनस्तर सुधार ल्याउने बिश्वास ब्यक्त गर्नुभयो ।
त्यसैगरी कालिका-२ र ४ काे सिमानामा २ कराेडकाे लागतमा गरिएको कालाे पत्रेकाे पनि सांसद पाेखरेलले निरिक्षण गर्नुभयाे ।
यसैक्रममा गैरिबारि झरनाकाे समेत अवलाेकन गरि यसलाई ब्यवस्थित गरि पर्यटकीय क्षेत्रका रुपमा बिकास गरिने सांसद पाेखरेलले प्रतिवद्धता ब्यक्त गर्नुभयाे ।


