माडीमा चेपाङ बालबालिकालाई स्टेसनरी वितरण

माडी , १९ असार ।
भरतपुर महानगरपालिका वडा नं ४ स्थायी घर भई हाल जापानमा रहनुभएका समाजसेवी बाबुराम खरेलको सहयोगमा माडी नगरपालिका वडा नं ७ को परुइ खोला किनारमा बसोवास गरेका चेपाङ समुदायका बालबालिकाहरुलाई आज शुक्रबार स्टेशनरी सामान बितरण गरिएको छ ।
स्टेशनरी सामान वितरण गर्दै माडी नगरपालिकाका वडा नं ७ का वडाध्यक्ष बालकृष्ण सापकोटाले चेपाङ समुदायका बालबालिकाहरुलाई सहयोग गर्ने सहयोगी बाबुराम खरेललाई धन्यवाद दिँदै चेपाङ समुदायको समस्यमा वडाको तर्फबाट सहयोग गरिरहेको जानकारी दिनुभयो ।

स्टेशनरी वितरण कार्यक्रममा माडी नगरपालिका वडा नं ७ का वडा सदस्य जगन्नाथ लामिछाने , नेकपाका युवा नेता तथा सामाजिक अभियन्ता श्रीप्रसाद दवाडी लगायतको उपस्थिति रहेको थियो । स्टेशनरी सामान वितरणको समन्वय सञ्चारकर्मी नारायण सापकोटाले गर्नुभएको थियो ।
चेपाङ समुदायका ४० जना विद्यार्थीहरुलाई वितरण गरिएको स्टेशनरी सामानमा ४० दर्जन कापी, ४० प्याकेट पेन्सिल, हरेकलाई ज्यामिति बक्स, कलर प्याकेट,पेनको प्याकेट, साना विद्यार्थीको लागि थक अल इन वान बुक लगायत रहेको नारायण सापकोटाले जानकारी दिनुभयो ।क

कार्यक्रममा कमल चेपाङ र छवि चेपाङले विपत्तिको बेलामा सहयोग गर्ने सहयोगीहरुप्रति चेपाङ परिवारको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो ।

सोही अवसरमा सञ्चारकर्मी नारायण सापकोटाले चेपाङ समुदायका बालबालिकाहरुलाई हात धुने तरिका सिकाउँदै सरसफाईमा ध्यान दिन आग्रह गर्नुभयो ।

बाढीले घरबास बगाएपछि माडी नगरपालिकाको समन्वयमा चेपाङ परिवार माडी ९ कुसुम खोलाबाट आएर परुई खोला किनारमा बसोबास गरेका हुन् ।

शेयर गरौ

ताजा अपडेट