काेराेना नियन्त्रणका लागि आवश्यक रकम विनियोजन गर्न समितिकाे निर्देशन

काठमाडौ ,१६ असार ।
राष्ट्रिय सरोकार तथा समन्वय समितिले प्रदेश सरकार र स्थानीय तहसँग सहकार्य र समन्वय गरी कोभिड- १९ संक्रमण नियन्त्रणका लागि आवश्यकताका आधारमा रकम विनियोजन गर्न सरकारलाई निर्देशन दिएको छ ।

संघीय मामिला तथा समान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठी समेत उपस्थित समितिको मंगलवारको बैठकले प्रदेश र स्थानीय तहलाई स्थानीय स्रोत साधनको अवस्था, भौगोलिक विकटता र संक्रमितको संख्या समेतलाई आधार मानी रकम विनियोजन गर्न निर्देशन दिएको हो ।

प्रदेश र स्थानीय तहको समन्वयमा सञ्चालित क्वारेन्टीन र आइसोलेसन सेन्टरहरूको सञ्चालन आदि कार्यको सम्बन्धित निकायबाट नियमित अनुगमन गर्न पनि निर्देशन दिएको समिति सभापति दिलकुमारी रावल थापा ‘पार्वती’ले जानकारी दिइन् ।

साथै राजधानी काठमाडौं उपत्यका प्रवेश गर्न चाहने बिरामी, कर्मचारी र व्यवसायीलाई सहज र सरल रूपमा प्रवेश गर्न दिन समितिको निर्देशन छ ।

शेयर गरौ

ताजा अपडेट