चितवनमा ग्यासबुलेटकाे ठक्करबाट स्कारपियाेमा सवार एकजनाको मृत्युु, चारजना घाइते

चितवन समाचारडटकम, १५ असार ।
नारायणगढ मुग्लिन सडक खण्डको सत्रकिलाेमा आज साँझ भएको सवारी दुर्घटनामा एकजनाकाे मृत्यु भएको छ । चारजना घाइते भएका छन् ।
मुग्लिन बाट नारायणगढ तर्फ आईरहेको बा१३च ५९२९ नं. को स्कार्पियो र बिपरित दिसाबाट गइरहेको NL01Q5106नं. को ग्यास बुलेट एक आपसमा ठक्कर खाँदा स्कार्पियोमा सवार एकजनाकाे मृत्युु र चारजना घाईते भएकाे जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । मृत्यु हुनेमा
मकवानपुर हेटौडा उ.म.न.पा. ५ बस्ने बर्ष ४८ कि प्रभा गौतम रहेकि छन् । उपचारका लागि ल्याउदैगर्दा उनकाे बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनीहरूलाई उपचारको लागी पुरानो मेडिकल कलेज भरतपुर ल्याईएको छ । बुलेट चालक फरार रहेकाे प्रहरीको भनाइ छ ।
घाइते हुनेमा साेहि ठाउँका बर्ष ५३ को कृण्ण धिताल ,
बर्ष २७ की बर्षा धिताल ,
,बर्ष ४५ को राजन घिमिरे (स्कारपियो चालक ) र
बर्ष २५ को अनुज धिताल रहेका छन् । दुई जना घाइतेको अवस्था चिन्ताजनक छ । भरतपुर -२९ सत्रकिलाेमा दुर्घटना भएको हाे ।

शेयर गरौ

ताजा अपडेट