विद्यार्थीलाई स्टेशनरी सामग्री सहयोग

चितवन १५ असार । भोलेबाबा राष्ट्रिय प्राथमिक बिद्यालयको बालबिकास कक्षाको लागि राप्ती नगरपालिका वडा न २ ले स्टेशनरी सामग्री सहयोग गरेको छ ।
बालविकासमा अध्ययरत बिद्यार्थीको लागि ३२ थान झोला दुइ दर्जन कापी कलम पेन्सीललगायतको सामग्री सहयोग गरेको वडा अध्यक्ष श्यामसुन्दर उप्रेतीले जानकारी दिनुभयो । सो स्कुलमा ४० जना बालकिकासमा बिद्यार्थी अध्यनरत छन् । कार्यक्रममा सोही विद्यालयका प्रधान्याधापक रामहरि पाठक, राप्ती नगरपालिका वडा न २ का वडा सदस्य तिलक कार्की, निर्देशन त्रिपाठीलगायतको उपस्थित रहेको थियो ।

शेयर गरौ

ताजा अपडेट