नेकपा स्थायी कमिटी बैठक स्थगित, सदस्यहरुलाई एजेण्डामा अध्ययन गर्न समय

काठमाडौं, असार १० ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ः ३० मा सुरु भएको बैठक दिउँसो २ः३० मा स्थगित भएको हो ।

आजको बैठकमा अध्यक्ष्द्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डले मन्तव्य दिनुभएपछि पर्सि फेरि बस्ने गरी बैठक स्थगित भएको हो । अध्यक्षद्वयको धारणा र प्रतिवेदन र एजेण्डाको बिषयमा स्थायी समिति सदस्यहरुलाई अध्ययनका लागि समय आवश्यक परेको कारण बैठक पर्सिसम्म स्थगित भएको हो ।

शेयर गरौ

ताजा अपडेट