काठमाडौं, १० असार ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी वैठक जारी छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको वैठकले विभिन्न पाँच एजेण्डामा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । वर्तमान परिस्थिति र स्थायी कमिटीको बैठकका सम्बन्धमा अध्यक्षद्वयको मन्तव्यबाट शुरु हुने सो बैठकमा सरकारको कामका सम्बन्धमा बहस हुनेछ ।
सरकारको कामका सम्बन्धमा कोविड–१९ नियन्त्रण, रोकथाम र उपचार सम्बन्धमा, नेपालको सीमा समस्या र समाधान सम्बन्धमा र सरकारका अन्य कामबारे छलफल हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।
त्यसैगरी पार्टी एकताका बाँकी कामहरु, एमसीसीका सम्बन्धमा र विविध विषयमा छलफल हुने उनले जनाएका छन् ।


