चितवन, फागुन २ ।
आज फेव्रुअरी १४, भ्यालेण्टाईन अर्थात प्रणय दिवस । नेपाल लगायत विश्वभर एकआपसमा प्रेम साटासाट गरेर यो दिवस मनाईंदै छ ।
आजका दिन खासगरी प्रेमीप्रेमिका तथा श्रीमान श्रीमतीहरुले एकअर्कालाई उपहार आदनप्रदान गर्नुका साथै विभिन्न पार्कमा गएर समय बिताउने गर्छन् । मन परेको व्यक्तिलाई आफ्नो अव्यक्त प्रेमका बारेमा जानाकारी गराउने दिनको रुपमा समेत भ्यलेनटाइन डे अथार्त प्रणय दिवसलाई लिईन्छ ।
ईशापूर्व ३५० अघि इटलीका तत्कालिन शासक क्लाउडियसले प्रेमका पूजारी सन्त भ्यालेनटाईनलाई मृत्युदण्ड दिएको दिनको सम्झनामा यो दिवस मनाउन थालिएको हो ।
क्लाउडियसले आफ्ना सैनिकहरुलाई प्रेम एवम् विवाह गर्न प्रतिबन्ध लगाएपछि पादरी भ्यलेनटाइनले क्लाउडियसको यो कदम विरुद्ध सैनिकहरुको लुकेर विवाह गराइदिएका थिए ।
आफ्नो आदेश र चाहाना विपरित सैनिकहरुको विवाह गराइदिएको भन्दै भ्यलेनटाइनलाई फेब्रुरअरी १४ का दिन अर्थात आजकै दिन मृत्युदण्ड दिएका थियो । प्रेम र मानवताका अनुयाइ भ्यलेनटाइनले मृत्युवरण गरेको सम्झनामा हरेक फ्रेबुअरी १४ लाई भ्यलेनटाइन डे अर्थात प्रेम दिवसको रुपमा मनाउने गरिन्छ।
खासगरी पश्चिमा देशहरुमा धुमधामसँग मनाईने भ्यालेनटाईन डे लाई नेपालमा पनि युवा पुस्ताले ठूलै महत्व दिन थालेका छन् ।
चितवनको सौराहा, पोखरा, काठमाण्डौको ठमेल लगायतका पर्यटकीय क्षेत्रमा प्रमी पे्रमीकाका जोडीहरु प्रणय दिवस मनाउन प्रसस्तै पुग्ने गरेका छन् ।
खासगरी किशोर–किशोरीहरुले आ–आफ्ना प्रेमी प्रेमीकासँग माया साटासाट गरिरहेका छन् । विभिन्न पार्क तथा सार्वजनिक स्थानहरुमा पे्रम गर्ने जोडीहरुको संख्या बाक्लै देख्न सकिन्छ ।
प्रणय दिवसलाई मध्यनजर गरी सौराहामा फुड फेस्टीवल समेत चलिरहेको छ ।
विहीवार हस्यकलाकारहरु जिग्री र पाडे लगायतका कलाकारहरुले सौराहामा प्रस्तुती दिने जनाइएको छ ।


