चितवन समाचार डटकम, ८ असार ।
भरतपुर महानगरपालिका वडा नम्बर -११ मा आर्थिक बर्ष २०७७/०७८ का लागि नाै कराेड २२ लाख रुपैयाँ बजेट परेकाे छ ।
वडा कार्यालयले दिएकाे जानकारी अनुसार केन्द्रीय सरकारबाट ३ कराेड, प्रदेश सरकारबाट ५ कराेड ४७ लाख र स्थानीय तहबाट ७५ लाख रुपैयाँ बजेट परेकाे हाे । केन्द्रीय बजेट अन्तरगत बसेनी लामाटाेल सडकलाई २ कराेड ४० लाख, जखडिमाई सिमलढाप सडकलाई १० लाख, र देवीप्रसाद मार्गलाई ५० लाख बजेट परेकाे छ । बागमती प्रदेश सरकारले अागामि आर्थिक बर्षका लागि विभिन्न याेजनामा ५ कराेड ४७ लाख रुपैयाँ बजेट उपलब्ध गराउने भएको छ । आर्थिक बर्ष २०७७/०७८ कालागि वडामा विभिन्न पुर्वाधार निर्माण गर्न बजेट छुट्टाईएकाे हाे । प्राप्त जानकारी अनुसार पुङ्गिखाेला तलाउ निर्माणका लागि एककराेड ५० लाख , केरुङ ड्रेन निर्माणकालागि ३० लाख, सिद्धिबिनायक मावि भवन निर्माणकालागि ५० लाख, सतह ढल निर्माणकालागि ५० लाख, नवजागृति ईकाे पार्क लाई ५० लाख बजेट परेकाे छ । त्यसैगरि अापटारी घाेलबजार सडक ६० लाख, जागृति चाेक शिखरपथ बाटाेका लागि ३२ लाख,सुगम राेडमा नालि तथा कालाे पत्रे २५ लाख, हिमालय मावि भवन निर्माण २० लाख, मालपोत चाेक देखि घाेलवजार ड्रेन स्तराेनत्ति ३० लाख बजेट परेकाे छ ।पाेखरिटाेलमा सामुदायिक भवनलाई १५ लाख र हिमालयपथ सडकलाई १० लाख बजेट परेकाे छ । साथै मालपोत चाेक देखि घाेलबजार सम्म राेड ड्रेन निर्माणकालागि २५ लाख बजेट परेकाे छ । त्यसैगरि अन्तरसरकारी वित्तीय हस्तान्तरण (स्थानीय तह) मार्फत काेलटाडि उत्सवचाेक सडकलाई ३० लाख, पाेखरिचाेक किरणचाेक कालोपत्रे लाई २५ लाख र गणेशथान पुन्यखाेला पुललाई २० लाख बजेट परेकाे छ । विभिन्न परियाेजनालाई वडा भित्र केन्द्र, प्रदेश र स्थानीय सरकारले प्राथमिकताका साथ बजेट उपलब्ध गराएको वडा अध्यक्ष बाबुराम अधिकारीले बताउनुभयाे । यस कार्यकालागि समन्वय गरेकाे भन्दै संघीय सांसद कृष्णभक्त पाेखरेल, प्रदेश सभा सदस्य बिजय सुवेदी, पार्वती सिलवाल, महानगर प्रमुख रेनु दाहाल मुख्यमन्त्रीका सल्लाहकार जगन्नाथ थपलिया, नेकपा महानगर सचिव ईश्वर सापकोटा, नेकपा वडा अध्यक्ष प्रकाश अाचार्य सहित सबैमा उहाँले धन्यवाद ब्यक्त गर्नुभएको छ । प्राप्त बजेटलाई सतप्रतिशत सदुपयोग गराउने सन्दर्भमा वडा कार्यालय प्रतिवद्ध रहेकाे वडाअध्यक्ष अधिकारीले बताउनुभयो ।


