बिहे बटुलाेमा समेत १५ जना भन्दा बढि जम्मा नहुन चितवन प्रशासनकाे निर्देशन

चितवन समाचार डटकम, ७ असार ।
जिल्ला प्रशासन कार्यालय चितवनले बिबाह, ब्रतबन्ध, मृत्युसंस्कार जस्ता सामाजिक गतिविधिमा १५ जना भन्दा बढी भेला हुन नपाईने जनाएको छ ।
प्रशासनले अाज सार्वजनिक सुचना जारी गरि यस्ता सामाजिक एवम् सांस्कृतिक कार्यक्रमहरु न्युनतम सामाजिक दुरी कायम गरि १५ जनाभन्दा बढि ब्यक्ति भेला नभई सम्पन्न गर्ने भनेकाे छ ।
प्रशासकीय अधिकृत खेमराज पाैडेलद्वारा हस्ताक्षरित सुचनामा काेभिड -१९ काे संक्रमण राेकथाम गर्न अत्यावश्यक काम बाहेक घरबाट ननिस्कन र भिडभाडमा नजान पनि भनिएको छ । त्यसैगरी मास्ककाे प्रयाेग गर्न, जाेरबिजाेर अनुसार सवारी सञ्चालन गर्न, बिरामी बाेक्न बाहेक अटाे रिक्साकाे प्रयाेग नगर्न अाग्रह गरिएको छ । त्यसैगरी अत्यावश्यक कामबाहेक राति १० बजदेखि बिहान ५ बजेसम्म हिडहुल नगर्न पनि प्रशासनले सुचनामा उल्लेख गरेकाे छ ।

शेयर गरौ

ताजा अपडेट