चितवन समाचार डटकम, ७ असार ।
आज अन्तराष्ट्रिय योग दिवस । हरेक वर्ष जुन २१ म यो दिवस विश्वका धेरै देशमा मनाइन्छ ।
सन् २०१५ बाट संयुक्त राष्टसंघले जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा मनाउन शुरु गरेको हो ।
संस्कृत भाषाको योग शब्दको अर्थ जोड्नु भन्ने बुझिन्छ । योगश्चित्तवृत्तिनिरोधः अर्थात मनमा आउने विकारलाई हटाउने प्रक्रियालाई योग भनिन्छ ।
अस्वस्थ खानपान तथा बदलिँदो जीवनशैलीका कारण विभिन्न रोग लाग्ने गरेको छ ।
आयुर्वेद चिकित्सकहरुका अनुसार योगलाई आत्मसात गरेर रोगलाई न्यूनिकरण गर्न सकिन्छ ।


