गणेशस्थानमा रक्तदान कार्यक्रम सम्पन्न

चितवन , ६ असार ।
नेपाल बसाेबास बस्ती संरक्षण समाज चितवन युवा तथा महिला सञ्जालकाे आयोजनामा भरतपुर-११ गणेशस्थानमा आज रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ ।
कार्यक्रममा ४५ जनाले रक्तदान गरेका थिए । जस्मध्य पुरुष ३२ र महिला १३ जना रहेका थिए ।कार्यक्रममा स्थानीय अगुवा राजन श्रेष्ठ, छविलाल देवकोटा, रुकबहादुर परियार, अस्विन परियार लगायत सहभागी हुनुहुन्थ्यो ।

शेयर गरौ

ताजा अपडेट