माडीका बिपन्न चेपाङलाई झुल बितरण

नारायण सापकोटा
माडी , ६ असार ।
वैदेशिक रोजगारको लागि हाल जापान टोकियोमा रहनुभएका भरतपुर महानगरपालिका पालिका वडा नं ४ निवासी डम्मर थापाको सहयोगमा माडी नगरपालिका वडा नं ७ को परुइ खोला किनारमा बसोवास गरेका ५५ परिवारलाई आज शनिबार प्रति परिवार २ बटाका दरले झुल बितरण गरिएको छ ।
झुल वितरण कार्यक्रममा बोल्दै माडी नगरपालिकाका नगर प्रमुख ठाकुर ढकालले माडी बासीको दुःख पीडामा नगरपालिकाले सँधै साथ दिने बताउँदै बिपन्न चेपाङ परिवारलाई सहयोग गर्ने सहयोगी डम्मर थापाप्रति धन्यवाद ज्ञापन गर्नुभयो ।
कार्यक्रममा नेकपा वाग्मती प्रदेश कमिटी सदस्य ओमनाथ पाण्डे,नेकपा चितवनका युवा नेता तथा सामाजिक अभियन्ता श्रीप्रसाद दवाडी, माडी नगरपालिका वडा नं ७ का वडा सदस्यहरु जगन्नाथ लामिछाने, रामबहादुर क्षेत्री लगायतको उपस्थिति रहेको थियो ।
सहयोगको झुल ग्रहण गर्दै कमल चेपाङले विपत्तिको बेलामा सहयोग गर्ने सहयोगी डम्मर थापाप्रति चेपाङ परिवारको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो ।
त्यहाँ बसोबास गर्नेहरुका लागि खाद्यान्न, लत्ताकपडा, खानेपानीको समस्या रहेको सोही ठाउँमा बसोबास गर्ने छवि चेपाङले बताउनुभयो । चेपाङ परिवार गतवर्षको बाढीले घरबास बगाएपछि माडी नगरपालिकाको समन्वयमा माडी ९ कुसुम खोलाबाट आएर परुई खोला किनारमा बसोबास गरेका हुन् ।

शेयर गरौ

ताजा अपडेट