चितवन समाचार डटकम, ५ असार ।
काेराना संक्रमणबाट मुक्त भएर भरतपुर अस्पतालबाट आज बृद्ध दम्पती डिस्चार्ज भएका छन् । भरतपुर महानगरपालिका वडा नम्वर ६ केशरबागका बृद्ध दम्पती काेराेना मुक्त भएका हुन् । अस्पतालबाट डिस्चार्ज भएपछि ७५ वर्षीय पुरुष सन्तबहादुर खाँड र उनकी ७३ वर्षीया श्रीमतीले खुसी ब्यक्त गर्नुभयाे । उच्च मनाेवल राखे काेराेना परास्त गर्न सकिने खाँँडले बताउनुभयो । अस्पतालमा रहदा स्वास्थ्यकर्मीहरुबाट राम्रो हेरचाह मिलेकाे उहाँले बताउनुभयो । भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा जेठ ८ गते परीक्षण गर्दा उनीहरूमाा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । जेठ ९ गते अस्पताल भर्ना गरिएको थियाे ।
दिल्लीस्थित राजीव गान्धी अस्पतालमा क्यान्सरको उपचार गराएर उनीहरु यही जेठ ३ गते एम्बुलेन्स परिवर्तन गरी घर फर्किएका थिए ।
उनीहरु भारतबाट एम्बुलेन्समा कपिलवस्तुको कृष्णनगर नाकाबाट स्वदेश प्रवेश गरेेेका थिए । एम्बुलेन्स परिवर्तन गरी चितवन आइपुगेका थिए ।


