एकैदिनमा ६७१ थपिए काेराेना संक्रमित, नेपालमा ७८४८ जनामा संक्रमण

३ असार, काठमाडाैँ । नेपालमा आज बिहिबार एकैदिन ६७१ जना काेराेना भाइरस संक्रमणका नयाँ विरामीहरु भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमका अनुसार बिहिबार थप ६७१ जनामा संक्रमण देखिएको हाे ।

याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या ७१७७ पुगेकाे छ । पछिल्लो २४ घण्टामा १९ जना कोरोनामुक्त भएर घर फर्किएका छन्। हालसम्म ७८४८ जना कोरोनामुक्त भई विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्। हालसम्म काेराेनाबाट मृत्यु हुनेकाे संख्या २२ जना पुगेकाे छ ।

शेयर गरौ

ताजा अपडेट