चितवन ४ असार । चितवन र गैडाकोटामा गरी दुइजना कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।
भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा चितवनको खैरहनी नगरपालिका–११ का २२ वर्षीय युवक र गैंडाकोट नगरपालिका–१३ का १८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ ।
खैरहनीका युवा खरखुट्टे स्कुलको क्वारेन्टिनमा रहेका छन् । उनी २० दिनअघि भारतबाट आएका थिए । उनलाई क्वारेन्टिनमा राखिएको थियो । संक्रमित युवाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । बुधबार खैरहनी नगरपालिकाको १६ वटा नमुनाको परीक्षण गरिएको थियो ।
यस्तै भरतपुर प्रयोगशालामा गरिएको परीक्षणमा भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा बुधबार २१० वटा नमुनाको परीक्षण गरिएको थियो । जसमध्ये २०८ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
बिहीबार अर्घाखाँचीको ६६, भरतपुर अस्पतालको ३३, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको ३४, चितवन मेडिकल कलेजको ८, पुरानो मेडिकल कलेजको ४, गुञ्जमान अस्पतालको ८, भरतपुर महानगरपालिकाको १०, गैंडाकोट नगरपालिकाको ३१ र खैरहनी नगरपालिकाको १६ वटा नमुनापरीक्षण गरिएको थियो ।


