चाैध घण्टामा पहिरो हटाएपछि नारायणगढ—मुग्लिङ सडकखण्ड खुल्यो

२ असार, चितवन । लगातारको वर्षापछि आएको पहिरोले बिहानबाट अवरुद्घ भएको नारायणगढ—मुग्लिङ सडकखण्ड १४ घण्टापछि खुलेकाे छ ।
चितवनको इच्छाकामना गाँउपालिका वडा नम्बर ६ मा पहिरो जाँदा सडक अवरुद्ध भएको थियाे । इच्छाकामना गाउँपालिकाको वडा नम्बर ६ चार किलोमा पहिरो खस्दा बुधबार बिहान करिब साढे ४ बजेबाट सडक अवरुद्ध भएको थियोे ।
लामाे समयकाे प्रयास पछि पहिरो हटाईएकाे जनाईएकाे छ ।
सडक विस्तारको क्रममा उच्च जोखियुक्त क्षेत्र निर्धारण भएको उक्त क्षेत्रमा पहिरो रोकथामको काम भइरहेको थियो ।

सडक अवरुद्ध हुदाँ सयौं मालबाहक तथा निजी सवारीसाधन अलपत्र परेका थिए । लोडर लगायतको तिनवटा मेसिन प्रयोग गरेर पहिरो हटाईएकाे हाे ।

शेयर गरौ

ताजा अपडेट