नमुना बिकास परियोजना सञ्चालन गर्नुपर्नेमा सांसद रावलकाे जाेड

चितवन समाचार डटकम, २ असार ।
राष्ट्रिय सभा सदस्य एवम् राष्ट्रिय सराेकार समितिका सभापति दिलकुमारी रावल (पार्वती )ले नमुना बिकास परियोजना सञ्चालन गर्नुपर्नेमा जाेड दिनुभएको छ ।
राष्ट्रिय सभामा बिनियाेजन बिधेयकमाथिकाे अाज भएको छलफलमा सहभागी हुदै रावलले तिनै तहमा यस किसिमको परियोजना अावश्यक रहेकाे स्पष्ट पार्नुभयाे ।
केही लाखकाे कार्यक्रमका लागि पनि संघकाे मुख ताक्नुपर्ने परम्परागत मान्यतालाई अन्त्य गर्नुपर्ने उहाँले बताउनुभयो ।
अावश्यक्ता भन्दा बाहिर गएर पहुँचका अाधारमा बजेट बिन्यासमा प्रभावित पार्ने संस्कारकाे अन्त्य गर्नु अावश्यक रहेकाे बताउनुभयाे ।
शिक्षा क्षेत्रका सन्दर्भमा सुझाव राख्दै सांसद रावलले संघीय शिक्षा ऐन तत्काल निर्माण गरि कार्यान्वयन ल्याउन माग गर्नुभयाे ।
शिशु शिक्षककाे पारिश्रमिक बढाउन रावलले ध्यानाकर्षण गराउनुभयाे ।
काेराेना राेकथामलाई प्रभावकारी रुपमा अघि बढाउन सुझाव दिदै उहाले बिदेशमा रहेकाे स्वास्थ्य जनशक्तिलाई स्वदेश फर्काएर उपयोग गर्नुपर्ने बताउनुभयाे ।
कृषि का सन्दर्भमा धारणा राख्दै सांसद रावलले किसानहरुकाे पसिनाकाे मुल्यकाे ग्यारेन्टी गर्न पनि उहाले माग गर्नुभयाे । साथै सम्पतिमा महिलाको अधिकार बढाउने दिशामा पनि उहाँले सरकारकाे ध्यानाकर्षण गराउनुभयाे ।

शेयर गरौ

ताजा अपडेट