काङ्ग्रेस चितवनद्वारा सरकारलाई ११ बुदे ध्यानाकर्षण : काेराेना नियन्त्रण देखि करछुट सम्मकाे माग

चितवन २ असार । नेपाली कांग्रेस चितवनले समसामयिक विभिन्न बिषयलाई समेटेर स्थानीय प्रशासन मार्फत सरकारलाई ११ बुदे ध्यानाकर्षण पत्र पठाएको छ ।

पार्टी जिल्ला सभापति जीतनारायण श्रेष्ठ, सचिव उत्तम जाेशी सहितकाे टाेलीले प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई पत्र हस्तान्तरण गरेकाे हाे । काेराना संक्रमण नियन्त्रण गर्न प्रभाकारी कदम चाल्नुपर्ने, क्वारेन्टाइनकाे ब्यवस्थापनमा थप ध्यान दिनुपर्ने, पिसिअार परिक्षण तिव्र पारिनुपर्ने, खर्चहरुकाे पारदर्शिता लगायतका बिषय ध्यानाकर्षण पत्रमा समेटिएका छन् । हेराै ध्यानाकर्षण पत्र जस्ताकाे त्यस्तै –

 

शेयर गरौ

ताजा अपडेट