अमिर रामदाम,
चितवन, १ असार । प्रतिनिधि सभा सदस्य एवम् कानुन, न्याय र मानवअधिकार समिति सभापति कृष्णभक्त पोखरेलले रुकुम घटना सिङ्गो नेपाली समाजको कलंक र मानवता विरोधीको अपराध रहेको बताएका छन् । पश्चिम रुकुम सोतीमा अन्तरजातीय प्रेमका कारण विभत्स हत्या गरेर भेरि नदिमा फालेको यस घटनाले आफु अत्यन्त दुखित बनेको उनले बताए ।
संयुक्त दलित संघर्ष समिति चितवनले सोमबार आयोजना गरेको बृहत मोटरसाईकल ¥याली एवम् कोण सभा कार्यक्रममा पोखरेलले सो कुरा बताएका हुन् ।
वि।सं।२०२० साल देखि कानुन बनाएर जातीय भेद्भाव अन्त्य हुन्छ भन्यौ, तर अझैपनि विभेद मानसिकताबाट हाम्रो समाज ग्रुजिएको कारण छुवाछुत अन्त्य हुन नसकेको उनले बताएका छन् । अब जातीय विभेद्को जरा समाजबाट नै अन्त्य गर्न आफ्नो मातहतको समितिले कडा ऐन निर्माण गर्न पहल गर्ने उनले जानकारी दिएका छन् ।
जबसम्म जातीय विभेदको घटना मिलाउन हामी आफैले अन्त्य गर्दैनौ,ं तबसम्म जति ऐन कानुन बनेपनि यो समाजबाट जातीय विभेद् अन्त्य हुन नसक्ने उनले तर्क गरेका छन् । जसले जातको आधारमा शब्द उच्चारण गरेरै विभेद गर्छ भनेपनि त्यस्ता व्यक्तिलाई जनताको कठ्घरामा उभ्याएर सजाय दिलाउनुपर्ने उनले बताएका छन् । यदि हामीले त्यस्तो गर्न सकेनौं भने कहिल्यै जातीय विभेद्को अन्त्य हुन नसक्ने उनले बताएका छन् ।
कम्तिमा २ वर्ष मात्रै जातको आधारमा हुने सम्पूर्ण विभेदका घटनाहरु कडा गर्न सक्यौ भने यो समाजबाट स्वत् ः जातीय विभेद् अन्त्य हुने उनले बताएका छन् । उनले हरेक दलित समुदायका घटनाहरु दलित समुदायकै अफिसरबाट हेनुपर्ने र दलित समुदायको घटना न्यूनिकरण गर्न दलित अफिसरको अध्यक्षतामा प्रत्येक जिल्लामा दलित सेलको स्थापना गर्नुपर्ने अवधारणा गृहमन्त्री, गृहसचिव, आइजीपी, महान्याधिवक्ता लगायतको उपस्थीतिमा कानुन, न्याय र मानवअधिकार समितिको बैठक बोलाएर छलफल समेत गरेको जानकारी दिएका छन् ।
दलित समुदायमाथि हुने विभेद अन्त्यका लागी अहिले देखी नै वडा वडास्तरमा दलित महिला जनप्रतिनिधि वा कार्यापालिका सदस्यको अध्यक्षतामा पारालिगल कमिटि गठन गरेर निर्धक्क रुपमा दलित समुदायको मुद्दाहरु हर्ने उनले सुझाव दिएका छन् ।
यस्तो मानवता विरोधी अपराधमा पनि कसैले उन्मुक्ति दिने हिसाबबाट कुनै व्यवहार गरेको थाहा भयो भने, नेपाली जनताले तिनीहरुलाई माफी दिन नसक्ने उनले बताएका छन् ।
सोही क्रममा भरतपुर महानगरपालिका उपप्रमुख पार्वती शाह ठकुरीले जातकै आधारमा रुकुममा भएको क्रुर घटना निन्दनीय रहेको र घटनाका सबै दोषीहरुलाई कडाभन्दा कडा कारवाही हुनुपर्ने बताएकी छिन् । अहिलेको २१ औं शताब्दीमा यदि भरतपुर महानगरभित्र पनि जातीय विभेद कहिकतै गरेको पाइएमा कुनै पनि हालतमा नछोड्ने उनले बताएकी छिन् । उनले यो घटना दलित समुदायको मात्र नभई सिङ्गो मानव जगतको भएकोले यो विभेद विरुद्ध सबै समुदाय अघि बढ्न अनुरोध समेत गरिन् । यस्तो जातीय विभेदको घटनामा कसैले पनि कसैलाई प्रोत्साहान गर्न नहुने उनले बताएकी छिन् । भरतपुर महानगरपालिकालाई जातीय विभेद् रहित क्षेत्र बनाउने उनले घोषणा गरिन् । संयुक्त दलित संघर्ष समिति चितवनले गरेको विरोध सभामा ऐक्यबद्धता जनाउँदै साँसद पोखरेल, जिल्ला समन्वय समिति चितवनका सभापति कृष्णकुमार डल्लाकोटी, भरतपुर महानगर उपप्रमुख ठकुरीले प्रतिनिधि मूलक सहभागिता जनाएका थिए । विश्वकर्मा सुनचाँदी व्यवसायी सञ्जालका केन्द्रीय संयोजक अर्जुन रसाइलीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल उत्पीडित जातीय मुक्ति समाज चितवनका अध्यक्ष विजयकुमार विश्वकर्मा, नेपाल दलित संघ चितवनकी सभापति शान्ति परियार यदि घटनालाई तोडमोड गर्न राजनीतिकरण गर्छन् भने न्याय नपाए सम्म सडक संघर्ष गर्ने जानकारी दिएका छन् । संयुक्त दलित संघर्ष समिति चितवनले निरन्तर घटनाको विरोधमा चरणबद्ध खबरदारी गरिरहेको छ भने दलित समुदायकै मुद्दा रहेकोले राष्ट्रिय दलित पत्रकार संघ चितवनले संघर्ष समितिमै रहेर विरोध गरिरहेको छ ।
ग्त जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती हत्या प्रकरणका दोषीहरूलाई आजीवन कारावासको माग गर्दै आईतबार ३४ जना विरुद्ध जिल्ला अदालत रुकुममा मुद्दा दर्ता भएको छ । मुद्दा दर्ता गरिएकामध्ये दुई जना बालबालिका छन् भने एक जनालाई मतियारका रुपमा राखिएको छ । अन्य ३१ जनाविरुद्ध ज्यान मार्ने उद्योग, कर्तव्य ज्यान र जातीय विभेद तथा छुवाछुत कसुर विरुद्धको मुद्दा दर्ता भएको छ ।


