सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन प्रक्रिया शुरु : आयोगले थाल्यो तथ्याङक संकलन

चितवन १ असार । भूमि सम्वन्धी समस्या समाधान अयोगले असार भित्र भूमिहिनहरुको प्रारम्भिक तथ्याङक संकलन गरि सक्ने तयारी गरेको छ ।
आयोगका अध्यक्ष देवी ज्ञवालीले देशै भरीका स्थानीय पालिकालाई अहिले जे जस्तो अवस्थाको विवरण छ त्यो आयोगमा पठाउन पत्राचार गरेकाले विवरण आउने क्रम जारी रहेको जानकारी दिनु भयो । यस क्रममा चितवनका तीनवटा पालिकाले विवरण पठाएका छन् । विवरण पठाउनेमा राप्ती नगरपालिका, रत्ननगर नगरपालिका र माडी नगरपालिकाले आफ्नो पालिका भित्र भएका भूमिहिनहरुको विवरण आयोगलाई पठाएको छ ।
जिल्लाका अन्य पालिकाले विवरण पठाउने तयारी गरेको कार्यालयले जनाएको छ । असार महिना भित्र प्रारम्भिक विवरण लिएपछि साउनबाट नयाँ तथ्याङक लिने क्रम सुरु गर्ने ज्ञवालीले जानकारी दिनु भयो ।
पहिलाको आयोग भन्दा अहिलेको फरक ढंगको रहेको छ उहाले भन्नु भयो हामीले निवेदनको आधारमा भूमिहिनलाई जग्गा दिने होइन । पहिलो पालिकाको विवरण हेर्ने छौ त्यसपछि पालिका मार्फत कर्मचारीले क्षेत्रमा नै खटिएर विवरण संकलन गर्ने छ । त्यो संकलित विवरणबाट बास्तविक भूमिहिन पहिचान गरिनेछ । भूमिहिन भएको विवरण सार्वजनिक गर्ने छौ । उनीहरुको विषयमा दावी विरोध दिने म्याद राखिने छ । अनि मात्र त्यस्ता व्यक्ति माथिको प्रकृया अगाडि वढ्नेछ ज्ञवालीले भन्नु भयो ।
भूमिहिनको लागि दावी गर्नेको तिन पुस्तेको नाममा भएको जग्गाको विवरण हेरेर भए नभएको पत्ता लगाएपछि मात्र नभएकालाई जग्गा दिने सूचिमा राखिनेछ । साउन महिनामा मात्रै जिल्लामा समिति गठन गरेर काम गर्ने तयारी भएको जानकारी दिनु भयो । लकडाउनको कारण प्रशासनिक कामलाई अयोगले तिब्र बनाएको छ । फिल्डमा हुने काम साउन महिनाबाट गर्ने तयारी रहेको छ ।

शेयर गरौ

ताजा अपडेट