चितवन समाचार डटकम
भरतपुर, २९ माघ :
नेपाल कम्युनिष्ठ पार्टी(नेकपा) चितवनका पुराना नेता टिकाराम गैरेको निधन भएको छ ।
भरतपुर ४ निवासी गैरे लाम्रो समय देखी क्यासर पिडित हुनुहुन्थ्यो । नेता गैरे वामपन्थी विचारधाराका पुराना र अग्रज नेता हुन् । नेकपा मसाल बाट राजनितीमा प्रवेश गर्नुभएका नेता गैरे शिक्षा प्रेमी समेत हुन् । उहाँको घरको गोठमा अहिलेको लक्ष्मि माध्यमिक विद्यालयको स्थापना भएको भरतपुर महानगरपालीका वडा नं ४ का वडाध्यक्ष हरि आचार्यले जानकारी दिनुभयो ।
निधन प्रति दुःख व्यक्त

यसैबिच प्रतिनिधि सभा चितवन क्षेत्र नं २ का सांसद कृष्णभक्त पोखरेलले नेता टिकाराम गैरेको निधन प्रति दुःख व्यक्त गर्दै निधनको खवरले मर्माहात वनेको बताउनु भएको छ । नेता गैरेको निधनले पार्टीमा ठुलो क्षति भएको भन्दै योगदानको उच्च सम्मान सहित श्रदान्जली अर्पण गर्नु भएको छ । साथै शोकाकुल परिवारजन प्रति समवेदना प्रकट गर्नु भएको छ ।


