चितवन समाचारडटकम,३२ जेठ ।
उद्योग बाणिज्य संघ चितवनले असार मसान्तसम्म संघकाे सदस्यता नविकरण गर्नेलाई ५० हजार बराबरको काेराेना बीमा गरिदिने निर्णय गरेकाे छ । संघकाे अाज बसेकाे कार्यसमिति बैठकले यस्तो निर्णय गरेकाे अध्यक्ष राजु श्रेष्ठले जानकारी दिनुभयाे । ताेकिएकाे यस अबधिमा सदस्यता नविकरण गरेमा तत्पश्चात कुनै पनि सदस्यलाई पिसिअार रिपोर्टमा पाेजिटिभ पाईएमा बीमा दावा गर्न सकिने श्रेष्ठले बताउनुभयाे । अध्यक्ष श्रेष्ठले काेभिड-१९काे जाेखिम कम गर्न उद्योग ब्यवसाय सञ्चालनमा अधिकतम स्वास्थ्य सतर्कता अपनाउन पनि अाग्रह गर्नुभएको छ ।


