चितवनमा माेटरसाईकलमा समेत जाेर बिजाेर लागू

चितवन समाचारडटकम, ३२ जेठ ।
काेभिड-१९ काे जाेखिमलाई मध्यनजर गरी स्थानीय प्रशासनले चितवनमा माेटरसाईकल सञ्चालनमा समेत जाेर बिजाेर प्रणाली लागू गरेकाे छ । जिल्ला प्रशासन कार्यालय चितवनले अाज गरेकाे पत्रकार भेटघाटमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले यसबारे जानकारी गराउनुभएकाे हाे । जाेर नम्वरका निजी सवारी साधनलाई जाेर गते र बिजाेर नम्बरका सवारीसाधनलाई बिजाेर गते सञ्चालन गर्न दिईने प्रजिअ भट्टराईले बताउनुभयो । याे नियम माेटरसाईकल समेतमा लागुहुनेछ,- प्रजिअ भट्टराईले भन्नुभयो । नेपाल सरकार मन्त्रीपरिषदकाे जेठ २८ काे निर्णय अनुसार सञ्चालन गर्न पाईने र नपाईने कार्य तथा सेवाहरुका हकमा साेहि अनुसार कार्यान्वयन हुने उहाँले बताउनुभयो । प्रशासनले शैक्षिक संस्था, सबै प्रकारका गाेष्ठि सेमिनार, सिनेमा हल, सैलुनलाई हाल सञ्चालन गर्न नपाईने सुचिमा राखेकाे छ । जाेखिम कम गर्न अन्य बिबिध कार्ययोजना समेत बनाईएकाे प्रजिअ भट्टराईले बताउनुभयो ।

शेयर गरौ

ताजा अपडेट