गण्डकी प्रदेशमा विहानै ३७ जनामा कोरोना संक्रमण

पोखरा,३० जेठ । गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक बिनोद बिन्दु शर्माका अनुसार यो सँगै गण्डकीमा १ सय ८८ जनामा कोरोना संक्रमण देखिएको छ ।
उहाँले ३ वर्षदेखि ६६ वर्ष उमेर समूहका व्यक्तिमा कोरोना देखिएको जानकारी गराउनु भयो । शुक्रबार कोरोना संक्रमण देखिएकामध्ये सबैभन्दा बढि स्याङ्जाको २२ जना त्यसैगरी पर्वतका १३ जना र नवलपुरका १ जना र तनहुँको १ जना रहेका छन् ।

शेयर गरौ

ताजा अपडेट