भाेलिबाट लकडाउन खुकुलो : पसल र निजी गाडि सञ्चालन गर्न दिने सरकारकाे निर्णय

काठमाडौं, जेठ २८ । सकारले लकडाउनको मोडालिटी परिवर्तन गर्दै खुकुलो पार्ने निर्णय गरेको छ । उच्चस्तरीय समितिको सिफारिशअनुसार आज बसेको मन्त्रिपरिषद बैठकले पसल र निजी सवारीसाधन सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

बैठकले सबै किसिमका पसलहरु सुरक्षा मापदण्ड अपनाएर सवै प्रकारका पसल सञ्चालन गर्न दिने निर्णय गरेको एक मन्त्रीले बताउनु भयो । मन्त्रिपरिषद बैठकले निजी सवारीसाधन पनि सञ्चालन गर्न दिने निर्णय गरेको छ । यो निर्णय भोलिदेखि नै लागू हुने छ ।

तर, त्यसका लागि जोर विजोर प्रणाली लागु गरेको छ । जोड गते जोड र विजोर गते विजोड नम्बर प्लेट भएका सवारी साधन चल्ने दिने निर्णय भएको एक मन्त्रीले जानकारी दिनुभयो । सार्वजनिक सवारी साधन भने अहिले खोलिने छैन ।

हवाई उडान र सार्वजनिक यातायात भने तत्काल नखोल्ने निर्णय भएको छ। गत चैत ११ गतेदेखि जारी लकडाउनले चौतर्फी असर परेपछि सरकारमाथि लकडाउन खुकुलो बनाउन दवाव बढ्दै आएको थियो ।

शेयर गरौ

ताजा अपडेट