नारायणी सामुदायिकलाई प्रशासनले साेध्याे स्पष्टीकरण

चितवन ,२८ जेठ । जिल्ला प्रशासन कार्यालय भरतपुरले नारायणी सामुदायिकमा उपचार भइरहेको कोरोना संक्रमित बिरामीलाई भरतपुर अस्पतालमा पठाएपछि स्पष्टीकरण सोधेको छ ।

संक्रमितको भरतपुर अस्पतालमा मृत्यु भइसकेको छ । जिल्ला प्रशासन कार्यालयले पत्र पठाएर संक्रमित बिरामीलाई कसैको अनुमति नलिई भरतपुर अस्पताल किन पठाइयो भनेर जवाफ मागेको छ ।

नारायणी सामुदायिक हस्पिटलको आइसीयूमा उपचाररत भरतपुर–११ का ६८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि बिरामीलाई हस्पिटलले भरतपुर अस्पताल पठाएको थियो । नारायणी सामुदायिकले समन्वयमा भरतपुर अस्पताल पठाएको दावी गरेको छ भने जिल्ला प्रशासनले कसैको अनुमति नलिई बिरामी पठाएको भन्दै स्पष्टीकरण मागेको छ ।

शेयर गरौ

ताजा अपडेट