चितवन समाचारडटकम, २८ जेठ । भरतपुरमा गरिएको परिक्षणमा आज चारजनामा काेराेना संक्रमण देखिएकाे छ ।
भरतपुर अस्पतालका अनुसार काेराेना संक्रमित मध्ये चितवनका २ र नवलपुरका २ जना रहेका छन् । चितवन कालिका नगरपालिका वडा नम्बर ६ का बर्ष २० का पुरुष, भरतपुर महानगरपालिका वडा नम्बर ५का बर्ष २८ का पुरुषमा काेराेना पुष्टि भएको छ ।
त्यसैगरि गैडाकाेट नगरपालिका वडा नम्बर १३ र १४ का बर्ष २३ र २६ का पुरुषमा काेराेना पाेजेटिभ देखिएकाे भरतपुर अस्पतालले जनाएको छ । जेठ २५ र २६ गते संकलित १३७ वटा स्वावका नमुना मध्ये १३३ जनाकाे रिपोर्ट नेगेटिभ आएकाे छ ।


