चितवन समाचार डटकम, २६ जेठ ।
भरतपुरमा आज ठुलाे संख्यामा काेराना संक्रमण देखिएपछि महानगर प्रमुख रेनु दाहालले सांझ अस्पताल पुगेर उपचार ब्यवस्थापन र संक्रमितहरुकाे अवस्था बारे जानकारी लिनुभएकाे छ । काेराेना विशेष अस्थायी अस्पतालमा पुगेर प्रमुख दाहालले त्यहा रहेका संक्रमितहरु संग दुरि कायम गरि भेटवार्ता समेत गर्नुभएको छ । साे क्रममा उपचार, रेखदेख र ब्यवस्थापनमा कुनै कसर बाकि नराखिने जनाउँदै दाहालले उच्च मनाेवलका साथ राेग संग लड्न अाग्रह गर्नुभयाे । महानगरपालिका नगरवासिकाे स्वास्थ्य उपचारमा संवेदनशील रहेकाे प्रमुख दाहालकाे भनाइ थियोे । तपाईंहरुलाई संक्रमण मात्रै भएको हाे, सबैकाे अवस्था सामान्य नै छ, उच्चमनाेवलका साथ बस्नुहाेला महानगर तपाईंहरुकाे साथमा छ – दाहालले संक्रमितहरु संग भन्नुभयो । भरतपुर अस्पतालमा भने संक्रमितहरुसंग उहाले भिडियो कल मार्फत कुराकानी गर्नुभएको थियाे । भरतपुर अस्पतालले अाज सार्वजनिक गरेकाे बिबरण अनुसार यहाँ गरिएको परिक्षणमा वाह्य जिल्लाका केही सहित ३० जनामा काेराेना पुष्टि भएको थियोे ।


