चितवनसमाचार डटकम, २६ जेठ ।
भरतपुर काेभिड १९ प्रयोगशालामा आज गरिएको परिक्षणमा २३ जनामा काेराेना पाेजेटिभ देखिएकाे छ ।
भरतपुर अस्पताल ले पत्रकार सम्मेलनगरि दिएकाे जानकारी अनुसार दुई जना चिकित्सक सहित २३ जनमा काेराेना पाेजेटिभ देखिएको हाेे । जस्ममध्ये चितवनका १७ जना , नवलपुरका ५ जना र धादिङका १ जना रहेका छन् । संक्रमित मध्ये नारायणी सामुदायिक अस्पतालमा उपचाररत एकजनाकाे अवस्था गम्भीर रहेकाे छ । आइसियुमा उपचाररत भरतपुर महानगरपालिका वडा नम्बर ३ का ६८ बर्षिय पुरुष रहेको जनाएको छ ।


