चितवन समाचारडटकम । भरतपुर काेभिड १९ प्रयोगशालामा आज परिक्षणका क्रममा काेराेना संक्रमण भएका मध्ये क्वारेन्टाइनमा बसेकाकाे संख्या धेरै देखिएकाे छ । स्राेतका अनुसार चितवनका १७ जना पाेजेटिभ मध्ये भरतपुर महानगरकाे क्वारेन्टाइनमा बसेका ४ जना, माडीको क्वारेन्टाइनमा ६ जना, नारायणी सामुदायिक अस्पतालमा रहेका ४ जना, मेडिकल कलेजमा रहेका २ जना, र क्यान्सर अस्पतालमा मा रहेका एकजना रहेका छन् । यी मध्ये २ जना स्वास्थ्यकर्मी र अन्य सर्वसाधारण छन् । ३१० जनाकाे स्वाव परिक्षण गरिएकाेमा काेराेना पाेजेटिभ देखिएकामा १७ जना चितवनका, र ३ जना नवलपरासीकामा रहेका छन् ।


