इजरायलका स्कूलमा महामारी : ७ हजार विद्यार्थी शिक्षक क्वारेन्टिनमा

जेरुसेलम । इजरायल सरकारका अनुसार देशमा कोरोना संक्रमणका कारणले करिव ७ हजार विद्यार्थी तथा शिक्षकहरु क्वारेन्टिनमा छन् भने ४ंं० भन्दा बढी स्कूलहरु बन्द गरिएका छन् ।

त्यसो त, सरकारले के निर्णय गरेको छ भने अहिले बाँकी स्कूल तथा नर्सरीहरु भने खुल्लै रहने छन् ।

हालैको समयमा जेरुसेलमका जिम्नेशिया हाई स्कूल एउटा हटस्पट बनेको थियो, जहाँ संक्रमणका सबैभन्दा बढी नयाँ  केशहरु देखिएका थिए ।

त्यहाँ करिव १ सय ३० छात्र तथा अन्य मानिसहरु संक्रमित भएका थिए ।

स्थानीय सञ्चार माध्यममा प्रकाशित भएका खबरका अनुसार संक्रमण एक जना शिक्षकमार्फत फैलिएको थियो, जो बिरामी थिए तथा उनकै कारणले ठूलो संख्यामा मानिसहरुमा भाइरस फैलियो ।

स्कूल तथा अन्य संस्थानहरुमा महामारी फैलिनाले इजरायलमा संक्रमणको दोस्रो चरण प्रारम्भ हुने चिन्ता पैदा भएको छ ।

मंगलबार त्यहा १ सय १६ वटा नयाँ  संक्रमितहरु देखिए, जुन पछिल्लो एक महिनामा सर्वाधिक संख्या हो ।

त्यसो त इजरायलले अहिलेसम्म १७ हजार ३ सय ४२ जनामा संक्रमण भएको तथा २ सय ९० जनाको निधन भएको जनाएको छ, जुन अन्य देशको तुलनामा निकै कम हो ।

इजरायलमा महामारीको प्रारम्भिक चरणमा नै लकडाउन लगाइएको थियो ।

अप्रिलको मध्यमा लकडाउनलाई खुकुलो गरिएको थियो र स्कूल, कार्यालय, पसल, रेष्टुराँ तथा समुद्री किनारालाई खुला पारिएको थियो ।

एजेन्सीको सहयोगमा

शेयर गरौ

ताजा अपडेट