रूकुम घटना छानविन गरी दोषीलाई कार्बाही गर्न न्याय समितिको सरकारलाई निर्देशन

चितवन २० जेठ । कानुन, न्याय तथा मानव अधिकार समितिको आज बसेको वैठकले रूकुम पश्चिममा घटेको मानवता विरोधी अपराधको निष्पक्ष छानविन गरी दोषीलाई कार्वाही गर्न सरकारलाई निर्देशन दिएको छ ।
समितिका सभापति कृष्णभक्त पोखरेलको सभापतित्वमा बसेको बैठकले रूकुम पश्चिम चौरहारी ८ मा घटेको घटना मनवता विरोधी भएको भन्दै दोषीलाई कार्बाही गरी घाइतेलाई निःशुल्क उपचार गर्न गृहमन्त्रालय मार्फत सरकारलाई निर्देशन दिएको हो ।
त्यस्तै गरी वैठकले दलित समुदाय माथि निरन्तर हिंसा र विभेद भएकाले जिल्ला प्रहरी कार्यलयमा दलित सेल खड़ा गरि सवै अपराधीलाई कानुनी दायरामा ल्याउन निर्देशन गरेको छ । हिंसा अन्त्य गर्नको लागि महाअभिायन चलाउन, अनुसन्धान अधिकारीलाई संवेदनशील बनाउन समेत ध्यानाकर्षण गरेको छ ।
महिला बालबालिका माथि हुने गरेको हिंसा शोषण दुव्र्यवहार अन्त्यको लागि आवश्यक पहलकदमी थालनी गर्न मसेत सम्वन्धीत मन्त्रालय मार्फत सरकारलाई ध्यानाकर्षण गराएको छ । त्यस्तै गरी क्वारेन्टाइनमा वस्ने सबै नागरिकको खान पाउने, बस्न पाउने र आधारभूत स्वास्थ्य सेवा पाउने अधिकार को प्रत्याभूति गर्न सरकारलाई निर्देशन गरेको छ ।
बालबालिका, महिला र अपांगता भएका नागरिकलाई छुट्टै क्वान्टिनको व्यवस्था गर्नलगायतको निर्णय गरेको छ । वैठकमा गृहमन्त्री रामबहादुर थापा, महान्यायधिवक्ता अग्नी खरेल, गृह सचिव, प्रहरी महानिरीक्षकलगायतका व्यक्तिको उपस्थिति रहेको थियो ।

शेयर गरौ

ताजा अपडेट