चितवन समाचारडटकम, २० जेठ ।
राष्ट्रिय सराेकार समितिकि सभापति दिलकुमारी रावल(पार्वती ) ले काेराेना संक्रमण बढिरहेका बेला सुत्केरी तथा गर्भवती महिलाको स्वास्थ्य उपचारमा विशेष ध्यान दिन सरकारलाई अाग्रह गर्नुभएको छ ।
राष्ट्रिय सभाकाे अाजकाे बैठकमा बाेल्दै सभापति रावलले यस सम्वन्धमा छुट्टै निर्देशिका जारी गर्न माग गर्नुभएको हाे । ‘काेराेना संक्रमण वढिरहदा गर्भवती तथा सुत्केरी महिला, नवजात शिशुकाे अावश्यक स्वास्थ्य उपचारमा प्रभावकारीता बढाउन जरुरी छ, कतिपयले ज्यान समेत गुमाएको सुनिएको छ । यस तर्फ सरकारकाे गम्भीर ध्यानाकर्षण गराउदछु ।’ रावलले भन्नुभयाे । लामाे समयकाे लकडाउनमा घरेलु हिंसा पनि बढेकाे तर्फ संबन्धित निकायले ध्यान दिनुपर्ने उहाँको भनाइ छ । रुकुम घटनाका सन्दर्भमा समेत धारणा राख्दै उहाँले दाेषिलाई कडा कानुनी कारबाहीको माग समेत रावलले गर्नुभयो ।


