रूकुम घटनाको दोषीहरू क्षमाको हकदार छैनन् : नगर प्रमुख चौधरी

खैरहनी, १९ जेठ । संयुक्त दलित संघर्ष समिति खैरहनी चितवनले रुकुम पश्चिममा भएको नरसंहारको ध्यानाकर्षण गराउँदै खैरहनी नगरपालिकाका नगर प्रमुख मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ ।

नरसंहारको भर्त्सना गर्दै, घटनाको सत्यतथ्य निश्पक्ष छानविन, पीडितले न्याय र पीडकलाई हदैँ सम्मको कारवाहीको माग सहित खैरहनी नगरपालिकाका नगर प्रमुख लालमणि चौधरीलाई समितिका संयोजक गोपाल परियारले ज्ञापन पत्र बुझाएका हुन् ।

पत्र बुझ्दैँ नगर प्रमुख चौधरीले रुकुम घटनाका दोषीहरू क्षमाको हकदार नभएको बताउनुभयो । चौधरीले संविधान कुल्चेर भएको सो घटनाको निन्दा गर्दै निश्पक्ष छानविन गरी अपराधीलाई कडाभन्दा कडा कारबाहि हुनुपर्ने बताउनुभयो ।

दलित एकता जिन्दावाद, मान्छे मार्न पाइँदैन, दलित समुदाय एक होऔं ,रुकुम घटनाको दोषीलाई कारबाही गर जस्ता नारा सोमबार पूर्वी चितवनको खैरहनी पर्सा बजारमा गुञ्जयमान थियो ।

सरकारलाई स्वतस्फूर्त रूपमा दबाब दिन खैरहनी नगरपालिकाको चौबिसकोठी चोक पर्साबाट दबाब र्याली बजार परिक्रमा गरि नगरपालिकामा पुगेर कोणसभामा परिणत भइ टुङ्गिएको थियो ।

अधिकारकर्मी एवम् बुद्धिजीवी प्रेम रिमालले रुकुम घटना कहालीलाग्दो नरसंहार रहेकोले दोषी लुकाउन नहुने बताएका छन् । यदि घटनालाई लुकाउने तोडमोड गर्ने जस्तो खेल भएमा शसक्त विद्रोह गरि पीडितलाई अग्रसर हुनुपर्ने बताएका छन् । यस्ता किसिमका घटनाहरू दोहोरिन नदिन साथै राज्य कठोर हुनुपर्ने समेत उनले सरकारलाई सुझाव दिएका छन् ।

कार्यक्रममा राष्ट्रिय दलित पत्रकार संघ चितवनका उपाध्यक्ष गोपाल विश्वकर्मा, चितवन सुनचाँदी व्यवसायी संघ पूर्वी चितवनका अध्यक्ष प्रेम खाती, हामी नेपाली हाम्रो नेपाल भ्रष्टचार विरूद्धको अभियान की केन्द्रीय सदस्य सिमा घतान विश्वकर्मा, सामाजिक अभियान्ता अर्जुन भुसाल, तामाङ पत्रकार संघ चितवनका अध्यक्ष ज्ञानेन्द्र तामाङ लगायतले जातीय विभेदमुक्त समाज निर्माण गर्न, सचेतना फैलाउन र समाज रुपान्तरणको आन्दोलनमा अझैपनि सबै मिलेर सामुहिक रूपमा लाग्नुपर्ने बताएका छन् ।

ज्ञापन पत्र बुझाए पश्चात कोण सभालाई समापन गर्दै समितिका संयोजक परियारले दलितको नाममा गरिएको भेदभाव र दमनको एकएक हिसाब खोजिने समेत बताएका छन् ।

शेयर गरौ

ताजा अपडेट