चितवनका दलित अगुवाकाे चेतावनी : ‘हतियार बनाउन मात्रै हाेईन चलाउन पनि आउँछ’

अमिर रामदाम
चितवन, १९ जेठ ।
नेपाल दलित मुक्ति मोर्चाका केन्द्रीय सचिवालय सदस्य खेमबहादुर दर्जीले दलित समुदायहरुले हतियार बनाउन जान्ने मात्र होइन चलाउन पनि जानेका हुन्छन्, त्यसैले कसैले पनि दलित समुदाय कमजोर छ भनेर बुझाई नराख्न चेतावनी दिएका छन् । उनले पश्चिम रुकुममा भएको नरसंहारको घटनाको विरोध गर्दै आवश्यक परेपछि जस्तो किसिमको आन्दोलन गर्न दलित समुदाय तयार रहेको बताए ।
आज सोमबार संयुक्त दलित संघर्ष समिति चितवनले भरतपुरको चौबिसकोटीमा आयोजना गरेको विरोध ¥याली र उज्यालोमा दीप प्रज्वलन कार्यक्रममा मोर्चाका केन्द्रीय सचिवालय सदस्य दर्जीले सो कुरा बताएका हुन् । उनले समुदायमा पटक पटक भएको विभेद र दमन विरुद्ध लकडाउन खुले लगतै दलित समुदायको तागत र शक्ति प्रदर्शन गरेर देखाउने बताए ।
“यो पश्चिम रुकुम नरसंहार सुनियोजित रुपमा घटाइएको घटना हो र जनप्रतिनिधिहरुकै मिलेमतोमा घटना घटेको” नेपाल दलित संघका पूर्व केन्द्रीय उपसभापति डि.बि परियारले आरोप लगाए । त्यो घटनालाई तोडमोड गर्न हरेक खालका षडयन्त्रहरु रचिएकोले दलित समुदाय कुनै पनि हालतमा राजनैतिक हस्तक्षेपमा मौन बस्न नहुने उनले बताए । गृहमन्त्रीले पश्चिम रुकुममा भएको नरसंहारको छानविनका लागी अहिले जुन छानविन समिति बनाएको छ, त्यो समिति प्रति आफू विश्वस्त नरहेको कारणले उनले दलित समुदायका साँसदहरुको प्रतिनिधित्वमा संसदीय उच्च स्तरको छानविन समिति बन्नुपर्ने माग राखे ।
कार्यक्रमको अध्यक्षता समेत गर्नुभएका नेपाल दलित संघ चितवनकी सभापति शान्ति परियारले दलित समुदायको आत्मसम्मान भेरी नदीमा गएर सेलाएको भन्दै साङ्केतिक रुपमा विरोध गरेकी छिन् । “अहिले कोभिड–१९ का कारण विश्व आक्रान्त छ तर यसले न दलित समुदाय भन्यो, न त यसले उपल्लो समुदाय भन्यो” यसले त सम्मान रुपले आफूलाई प्रस्तुत ग¥र्यो तर हामी मानव भएर पनि मानवलाई जातीय दमन र विभेद गरेको कारण सिङ्गो दलित समुदाय सडकमा उत्रिएको सभापति परियारले बताइन् । उनले कागजको पानामा छुवाछुत अन्त्य भयो भनेर लेखेर हुदैँन, सामाजिक रुपमा विभेदको चेतना अन्त्य हुनुपर्ने बताइन् ।
नेपाल उत्पीडित जातीय मुक्ति समाज चितवनका अध्यक्ष विजय कुमार विश्वकर्माले पश्चिम रुकुम नरसंहारको घटनाको सुस्मरुपमा अध्ययन गरी घटनाको छानविन हुदैँन तबसम्म संयुक्त दलित संघर्ष समिति चितवनले आन्दोलन जारी राख्ने बताए । पीडित परिवारलाई जबसम्म न्याय दिलाउन सकिदैँन, तब सम्म विभिन्न किसिमको विरोधका कार्यक्रमहरु गरिराख्ने जानकारी दिए ।
कार्यक्रममा विश्वकर्मा सुनचाँदी व्यवसायी सञ्जालका केन्द्रीय संयोजक अर्जुन रसाइलीले गणतन्त्र भएको मूलुकमा २१ औं शताब्दीमा दलित भएकै कारण नरसंहार हुन्छ भने देशमा गणतन्त्र आएको कुनै अर्थ नरहेको बताए । दलित समुदायको जुन संघर्ष र बलिदानले गणतन्त्र स्थापना भएको हो त्यो कसैले पनि बिर्सिन नहुने उनले बताए । उनले अब दलित समुदायहरु सबै मिलेर जनआन्दोलन ३ को शुरुवात गर्नुपर्ने र परेको खण्डमा जातीय मुक्तिको लागी हतियार उठाउन पनि तयार रहनुपर्ने बताए । त्यस्तै विश्वकर्मा सेवा समिति चितवनका अध्यक्ष विपिन रामुदामुले रुकुम पश्चिमका नरसंहारमा मृत्युवरण हुनुभएका सबैलाई साँस्कृतिक शहिद घोषणा गरिनुपर्छ र मृतकहरुको शालिक निर्माण गरिनुपर्ने माग राखेका छन् ।
त्यस्तै घटनाको निश्पक्ष छानविनको माग गर्दै नारायणगढको लायन्सचोकबाट भरतपुरको चौबिसकोटी सम्म उज्यालोमा लालटिन बालेर विरोध र्याली निस्किएको थियो भने मृतकहरूलाई श्रद्धाञ्जली व्यक्त गर्दै मौन धारण समेत गरिएको थियो ।

शेयर गरौ

ताजा अपडेट