अध्यादेश खारेजीको माग गर्दै नेविसंघको विरोध प्रदर्शन

काठमाडौ ११ बैशाख । नेपाल बिद्यार्थी संघ (नेविसंघ) को एक समूहले सरकारको बिरोध गर्दै प्रदर्शन गरेको छ । बिहीबार बिहान नेपाल कमर्स क्याम्पसबाट निस्केको विद्यार्थीको समूहले सरकारले ल्याएको अध्यादेश खारेजीको माग गर्दै विरोध प्रदर्शन गरेको हो ।

नेविसंघका पूर्वअध्यक्ष तथा संविधान सदस्य रन्जीत कर्णको अगुवाइमा निस्केको बिद्यार्थी समूहले संघिय संसद अगाडिको सडकमा केहिबेर प्रदर्शन गरेको थियो ।

प्रदर्शनपछि पत्रकारसँग संक्षिप्त कुरा गर्दै नेता कर्णले लोकतन्त्रलाई अप्ठेरोमा पार्ने गरि ल्याइएको अध्यादेशको सबै पक्षले विरोध गर्नु पर्ने बताए । नेविसंघको यो समूहले आजबाट नियमित रुपमा सरकारको विरोधमा ठाउँठाउँमा प्रदर्शन गर्ने बताएको छ ।

शेयर गरौ

ताजा अपडेट