सांसद सुरेन्द्र पाण्डेको पहलमा चारसय ५० परिवारलाई खाद्यान्न सहयोग

चितवन २ वैशाख । नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य तथा चितवनको निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य सुरेन्द्र पाण्डेले चारसय ५० घरपरिवारलाई खाद्यान्न सामग्री सहयोग गर्नु भएको छ ।
सांसद पाण्डेको पहलमा निर्वाचन क्षेत्रको तीन वटा नगरपालिका भित्रका चारसय ५० परिवारलाई खाद्यान्न सामग्री वितरण गर्नु भएको हो । राप्ती नगरपालिका भित्रका एकसय ५० घरपरिवार, खैरहनी नगरपालिकाको एकसय ५० परिवार र रत्ननगर नगरपालिकाको एकसय ५० घर परिवारलाई राहत सामग्री वितरण गरेको हो ।
दैनिक खान समस्या भएका ती परिवारलाई चामल, दाल, तेल, नुन, साबुन लगायत सामग्री सहयोग गरेको सांसद पाण्डेले जानकारी दिनु भयो । उहाको पहलमा प्राप्त भएको खाद्य सामग्री राप्तीनगरपालिका, खैरहनी नगरपालिका र रत्ननगर नगरपालिका कार्यलय मार्फत वितरण गरिएको थियो । चारलाख बराबरको खाध्य सामग्री सोमबार र मंगलबार वितरण गरिएको थियो ।
कोरोना रोगको संक्रमणका कारण सरकारले गरेको बन्दाबन्दीको कारण खाद्यान्न अभाव भएर वसेकाहरुलाई ती सामग्री वितरण गरिएको नेकपाका नेता घनश्याम कडेलले जानकारी दिनु भयो ।

शेयर गरौ

ताजा अपडेट